‘बिर बिक्रम २’ मा नायक आकाश श्रेष्ठ अनुबन्धित

चलचित्र ‘बिर बिक्रम २’ मा नायक आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । फिल्ममा फाइनल भएसँगै निर्देशन मिलन चाम्सले आकाश र बर्षालाई लिएर एक म्युजिक भिडियोका छायाँकन समेत सकाएका छन् । ‘बिर बिक्रम २’ मा अभिनेता दयाहांग राई, नायक नाजिर हुसेन र नायिका बर्षा सिवाकोटी फाइनल भैसकेका छन् ।

यस्तै चाम्सले ‘ब्याच्लर बन्टी’ अगाडी ‘बिर विक्रम २’ को छायाँकन सुरु गर्ने भएका छन् । तिहार लगत्तै फिल्मको छायाँकन सुरु गर्ने निर्देशक तथा निर्माता चाम्सले बताए । असोज ३० गतेदेखि चाम्सकै फिल्म ‘ब्याच्लर बन्टी’को छायाँकन सुरु गर्ने तालिका थियो । तर नायक अनमोल केसीको समय नमिलेका कारण त्यो भन्दा अगाडी ‘बिर बिक्रम २’ को छायाँकन सुरु गर्न लागिएको चाम्सले बताए ।

छायाँकन रोकिएसँगै ‘ब्याच्लर बन्टी’को फागुन १७ गतेको प्रदर्शन मिति पनि स्थगन भएको छ । अनमोल ‘ए मेरो हजुर ३’ को छायाँकनमा व्यस्त हुँदा ब्याच्लर बन्टीको छायाँकन पर सरेको हो ।


प्रतिक्रिया दिनुहोस्