‘लभ स्टेशन’ बाट बाहिरिइन निरुता

काठमाडौं असोज १७, / आफ्नो बुबाको स्वास्थ स्थिति बिग्रिएपछि निरुताले  चलचित्र ‘लभ स्टेशन’ लाई समय दिन नसक्ने भएकी छन् ।  चलचित्रको छायाँकन चलिरहंदा निरुता चलचित्रमा नहुने खबर बाहिरिएको छ । उनका बुवा लामो समयदेखि मुम्बइको अस्पतालमा उपचाररत छन् ।

उज्जवल घिमिरेले निर्देशन गर्दै गरेको चलचित्र  ‘लभ स्टेशन’ मा निरुताको जोडीको रुपमा ‘दर्पण छायाँ’ जोडी उत्तम प्रधान थिए । निरुताले चलचित्र नखेल्ने भएपछि निर्माण टिम उत्तमको लागि नयाँ जोडी खोज्नतिर लागेको छ । चलचित्रको हाल दार्जिलिंगमा छायांकन चलिरहेको छ । चलचित्रमा प्रदीप खड्का र जसिता गुरुंग मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै मह जोडी र किरण केसीको ‘दाल भात तरकारी’मा पनि निरुता सिंह रहने या नरहने भन्ने दोधार बढेको छ । बुवाकै स्वास्थ्य अवस्था ठिक भए त निरुताले दाल भात तरकारी खेल्लिन् । निरुताले यो चलचित्र गर्ने नगर्ने भन्ने पक्का उनको वुवाको स्वास्थ ठिक भएपछि मात्र थाहा हुनेछ । उनका बुवाको शिघ्र स्वास्थ्य लाभको कामना ।


प्रतिक्रिया दिनुहोस्