च्याम्पियन्स लिग अन्तर्गत आज बार्सिलोना र टोटनह्याम भिड्दै

काठमाडौ‌  /  युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत स्पेनको क्लब बार्सिलोना  इंग्ल्यान्डको क्लब टोटनह्यामको घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा दुई ठूला टोली भिड्दैछन् ।

बार्सिलोना र टोटनह्याम समूह ‘बी’ छन् । यस समूहको शीर्ष स्थानमा बार्सिलोना ३ अंकसहित रहँदा इन्टर मिलान समान ३ अंकसहित दोस्रो स्थानमा छ । टोटनह्याम अंकविहीन हुँ तेस्रो स्थानमा छ । दुई ठूला स्टार खेलाडी लिओनल मेस्सी र ह्यारी केन आमनेसामने हुनेछन् । यसकारण पनि आजको खेल यी दुई खेलाडीका लागि विशेष हुनेछ ।

आज यी दुई टोली अंकका लागि पनि खेल्नेछन् । टोटनह्याम अघिल्लो खेलमा इन्टर मिलानसँग हारेकाले अंकविहीन छ । यस्तो अवस्थामा ऊमाथि आज आफ्नो घरमा हुने खेल जितेर ३ अंक जोड्नुपर्ने दबाब हुनेछ । त्यसका लागि उसले आज बार्सिलोनाविरुद्ध सबैखाले अस्त्र प्रयोग गर्नेछ ।

पछिल्लो समय ला लिगामा लय गुमाएको बार्सिलोना यस खेलबाट आफू लयमै रहेको प्रमाणित गर्न मात्रै चाहँदैन, अन्तिम १६ मा जाने सम्भावनालाई पनि बलियो बनाउन चाहन्छ । खेलअघि पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले यो खेल ज्यादै महत्त्वपूर्ण रहेको बताएका छन् ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टोटनह्यामसँगको खेल आफूहरूका लागि अंकका हिसाबले महत्त्वपूर्ण रहेको बताएका छन् । खेल आज राति नेपाली समयअनुसार १२ः४५ बजोट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्