घर लिप्ने माटो लिन गएकी ९ बर्षीया बालिकाको ढिस्कोले पुरिएर मृत्यु

कञ्चनपुर, १७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्साहाकी ९ वर्षीया जानकी बिष्टको ढिस्कोले पुरिएर मृत्यु भएको छ । आउँदै गरेको चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

ढिस्कोले पुरिएकी बिष्टको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्