अक्सफोर्ड फेशन विकमा नेपाली मोडल अनिताको शानदार क्याटवक

काठमाडौं / यूकेमा गत सेप्टेम्बर २८ मा भएको ‘अक्सफोर्ड फेशन विक’मा नेपाली मोडल अनिता लिम्बुले विभिन्न डिजाइनका पहिरनमा र्याम्प नापिन । उनले यूकेको प्रमुख पहिरनहरुलाई फेसन विकमा प्रस्तुत गरेकी थिइन् ।

उक्त फेसन विकमा अनिताले तेड बेकर, जोन लेविस, होल्याण्ड, कोपर, बार्ले अक्सफोर्ड र इथिरल लण्डनजस्तो उत्कृष्ट ब्राण्डका लागि रनवे मोडलिङ गरेकी थिइन् । त्यसैगरि उनले यसअघि पनि बेलायतमा भएको बिभिन्न फेसन सोहरुमा क्याट वाक गसिकेकी छिन् । बेलायतको सेन्ट्रल लन्डनमा सम्पन्न भएको लन्डन फेसन वीक नाम दिइएको शोमा पनि अनिताले क्याट वाक गरेकी थिइन ।

लन्डन स्थित हिल्टन वाल्डरोफ होटलमा आयोजना गरिएको उक्त फेसन वीकमा मोडल अनिताले चर्चित चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवेमा उत्रेकी थिइन् । सो कार्यक्रमको आयोजना लन्डन स्थित डिजाइनरहरुले गरेका थिए । अनिताले फेशन विक आफ्ना लागि प्रभावकारी बनेको बताएकी छिन। यूकेमा भइरहने फेशन शोमा सहभागिता जनाउँदै आएकी अनिता भविष्यमा अझ उत्कृष्ट शोमा सहभागिता जनाउन चाहन्छिन् ।


मोडलिङमा सानैदेखि रुचि राख्ने लिम्बूको मोडलिङ यात्रा भने सन २०१६ बाट सुरु भएको हो । छोटो समयको अन्तरालमै बेलायत जस्तो देशको मोडलिङ क्षेत्रमा सहभागी जनाउन पाएकोमा आफू भाग्यमानी साथै खुसि रहेको बताउँछिन् । ८ बर्ष अघि सन् २०१० मा अध्ययनको सिलसिलामा उनी बेलायत पुगेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्