बार्सिलोनासँग टोटेनह्याम पराजित, मेस्सीको दुई गोल

लन्डन  / टोटेनह्यामको घरेलु मैदानमा भएको युरोपेली च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे।

भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए।

दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरेपनि लियोनल मेस्सीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए। रोमाञ्चक खेलमा स्पर्सका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे।

 

खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। समुहकै अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २-१ ले पराजित गर्यो।   एन्टोइन ग्रिज्मनले दुवै हाफमा १-१ गोल गरेपछि एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गरेको छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्