निर्मलाका हत्यारा पत्ता लगाए आइजीपीलाई ५० किलोको माला लगाइदिने घोषणा

काठमाडौं– अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् । आज काठमाडौंमा भएको साक्षात्कारमा अध्यक्ष तामाङले न्याय दिने विषय सबैको चासोको विषय भएको भन्दै जनताको न्याय प्रतिको आस्था र विश्वास मरे त्यसको जवाफदेही को हुन्छ रु भनेर प्रश्न गरेका थिएख। ‘हामीले नैतिक जिम्मेवारीको प्रश्न उठाएका हौ, आइजीपीलाई नैतिक जिम्मेवारी लिुनुस् भन्न खोजेका हौ’ उनले भने ।

अध्यक्ष तामाङले आइजीपी खनालको बर्खास्ती बारे आएका चर्चाको प्रसंगलाई कोटयाउदैं अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा विद्यार्थी संगठनहरु मात्र नभई आम नेपाली जनता रुष्ट भएको बताएका छन। कार्यक्रममा अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश बर्तोलाले निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान चुकेको मात्रै नभइ उक्त काण्डको पेरिफेरिमा प्रहरीकै संलग्नता भएको दावी गरेका छन।

बर्तोलाले सरकार भयरहित समाज निमार्णमा अघि बढेको बेला प्रहरीको नेतृत्वले नै निर्मला हत्या प्रकरणमा असहयोग गरेको आरोप लगाउदैं ‘आइजीपीकै उदासिनताका कारण अपराध बढेको बढ्यै छन् । त्यसकारण आइजीपी खनाललाई तत्काल बर्खास्त गर्नुपर्छ’ बर्तौलाले भने । उनले सुन तस्कर खुलमखुला हिँडिरहेको भन्दै तस्करीको सेटिङ चलिरहेको तर,आइजीपी भने उदासिन रहेको आरोप लगाए । कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले अपराधी संरक्षण गर्न सरकार नै लागिपरेको भन्दै सरकारकै कारण पीडितले न्याय नपाएको बताएका छन।

आइजीपीको बर्खास्तीका सवालमा डुलेका र हिँडेका भरमा कसैलाई छुटाउन गएको भए आफुहरु सार्वजनिक जीवन त्याग्न तयार रहेको समेत अध्यक्ष तामाङले बताएका छन ।
‘प्रहरीको मनोबल गिराउने हाम्रो उदेश्य नरहेको,भन्दै निर्मलाका हत्यारा पत्ता लगाए हामी आइजीपीलाई ५० किलोको माला लगाउँछौ । पन्तको परिवारले न्याय पाओस्, हामी पुलिस अफिसरलाई रिङरोडमा रथयात्रा गराउँछौ । तर, न्यायको भीखलाई कमजोरी ठाने राम्रो हुँदैन’ उनले चेतावनी समेत दिएका छन्।

बिहिबार अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामासहितको विद्याथी टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर निर्मला पन्तका हत्यारा पत्ता नलगाएको भन्दै आइजीपी खनालको बर्खास्ती गर्न माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्