ताप्लेजुङ गाउँपालिका स्तरीय फुटसल कपको उपाधी आठराई त्रिवेणीलाई

अरुण पोस्ट संबाददाता

काठमाडौं, १९ असोज / ताप्लेजुङ काठमाडौं युबा समाज द्वारा आयोजित गाउँपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले हात पारेको छ ।

     प्रथम स्थान हासिल गरेका आठराई त्रिवेणि गाउँपालिकाका खेलाडिहरु पुरस्कार ग्रहण पश्चात खुसियाली मनाउदैँ ।

त्यसै गरि मेरिङ्देन गाउँपालिका उप बिजेता बन्न सफल भएको छ । वडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा ताप्लेजुङ काठमाडौं युवा समाजले धनयन्तरी फुटसल खेल मैदानमा गाउँ पालिका स्तरीय फुटसल खेलको आयोजना गरेको हो ।

         प्रथम र दोस्रो स्थान हासिल गरेका खेलाडिहरु अथितीहरु सँग सामुहिक तस्विर खिचाउदैँ ।

बिजेताले नगद रु ४० हजार, मेडल, प्रमाण पत्र र ३ बर्ष रनिङ कप र उप बिजेताले नगद रु २५ हजार, सहित मेडल, प्रमाण पत्र र ३ बर्षे रनिङ कप प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडीमा मेरिदेन गाँउपालिकाका खेलाडी बिकाश शेर्पा, उत्कृष्ट किपरमा आठराई त्रिवेणीका खेलाडी आशिस राई र हाई स्कोररमा आठराई त्रिवेणीकै बिशाल राई घोषित भएका थिए ।

                                    मिक्वाखोला गाउँपालिका खेलाडिहरु सामुहिक तस्विर खिचाउदैँ ।

उक्त प्रतियोगितामा ताप्लेजुङ जिल्लाको सबै गाउँपालिका र एक नगरपालिकाले भाग लिएका थिए । प्रतियोगिताको उद्वघाटन पुर्व जनजाति महासङ्गका अध्यक्ष तथा पुर्व सभासद माननीय पासाङ शेर्पाले गर्नु भएको थियो । शो म्याचको रुपमा खेलाईएको उद्वघाटन खेलको लागि भने छुट्टै रु ३० हजारको खसि रहेको थियो ।

                         ताप्लेजुङ काठमाडौं युबा समाजका अध्यक्ष मुक्ती लाबुङ अरुण पोस्टलाई आयोजनाबारे बिस्तृत जानकारि दिदैँ ।

उक्त खेलको उपाधी भने आयोजक टिमले हात पार्यो । शो म्याच खेलमा जम्मा ४ टिमले सहभागि जनाएका थिए । पत्रकार, आयोजक, राजनीतिक र कलाकार टिमको सहभागीता रहेको थियो । यो आयोजना ताप्लेजुङ जिल्लाको लागि अहिले सम्मकै ठुलो धन राशिको फुटसल आयोजना भएको ताप्लेजुङ-काठमाडौं युबा समाजका अध्यक्ष मुक्ति लाबुङ्ले जानकारी दिनुभयो।

                                            मेरिङदेन गाउँपालिका खेलाडिहरु सामुहिक तस्विर खिचाउदैँ ।
                ताप्लेजुङ काठमाडौं पत्रकार मञ्चका खेलाडिहरु शो म्याच हुनु पुर्व अथितिहरु सँग सामुहिक तस्विर खिचाउदैँ ।

प्रतिक्रिया दिनुहोस्