नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं  /  बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य भएको हो । खालेद सलेमले ७० औं मिनेटमा क्रसमा आएको बलमा हेडमार्फत सलेम गोल गरेको गोल  खेलको निर्णायक बन्यो ।

पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएको थियो । ताजकिस्तान अर्को खेलमा प्यालेस्टाइनसँग २–० ले नै पराजित भएको थियो । प्यालेस्टाइन लगातार दुई खेल जित्दै समूहको विजेता र ताजकिस्तान उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्