काउली बुढीले ल्याए ‘दशैं तिहार’धमाका (भिडियोसहित)

काठमाडौं,२१ असोज । चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चा कमाएकी काउली बुढी नामले चर्चित सन्ध्या बुढाले दशैं तिहारको गीत ल्याएकी छिन् ।

राजकुमार तिमिल्सीनाले लेखेको शब्दलाई सन्ध्या बुढा र मोहन मगरको स्वर र अभिनय रहेको छ । । आउँदै गरेको दशौं र तिहारलाई आधार बनाएर ल्याएको गीतको शब्द र भिडियोले दशैं र तिहारमा हुने परम्परा र संस्कृतिको राम्रो जर्गेना गरेको देख्न सकिन्छ ।

भिडियोमा जमरा र रातो टिकामा सजिएको दृश्यले बहुत मोहित तुल्याएको छ । उक्त भिडियोमा समृद्धि पौडेल, सन्धया बुढा, अनुप पराजुली, कमल सिहं लगायतले अभिनय गरेका छ । मोहन मगरको संगीत रहेको गीतमा रोसन बान्तावाका कम्पोज रहेको छ । भने भिडियोको निर्देशन केदार धितालले गरेका हुन् भने छायाँङकन अर्जुन तिवारीको रहेको छन् ।

भिडियो

https://youtu.be/7mxIzIiCOzE


प्रतिक्रिया दिनुहोस्