आज नेपाल र बंगलादेश यू–१८को महिला च्याम्पियनसिप फाइनलमा प्रतिस्पर्धा गर्दै,

काठमाडौं /   भुटानको थिम्पुमा जारी  साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् । च्याम्यिनसिपको खेल नेपाली समयअनुसार साँक्र ६ः४५ बजेपछि चाङलिमिथाङ रंगशालामा हुनेछ । नेपाल समूह चरणमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपाल समूह चरणमा बेहारेको हारको बदला लिदै च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

नेपालका लागि रश्मी कुमारी घिसिङले एक गोल गरेकी थिइन् । नेपालका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जित्ने मानसिकताका साथ नै मैदान उत्रने बताएका छन् । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

‘हामीले सेमिफाइनलमा भारतजस्तो बलियो टोलीलाई पराजित गरेर फाइनलमा आएका छौं । भारतमाथिको जितसँगै टिमका मनोवल उच्च रहेको छ ।’ प्रशिक्षक हरिओमले  पोस्ट म्याच पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले यसै प्रतियोगिताको लागि प्रशिक्षण शुरु गर्दा नै उपाधि जित्ने मानसिकताले प्रशिक्षण गरेका थियौं । बंगलादेशलाई पराजित गर्दै उपाधि जित्नेमा विश्वस्त छु । आजै तेस्रो स्थानको लागि आयोजक भुटानले भारतसँग दिउसो ३ः१५ बजेपछि प्रतिस्पर्धा गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्