स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै

भ्यालेन्सिया / स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सामना गर्दैछ । खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

बार्सिलोनाको डिफेन्डरद्वय स्यामुएल उम्टिटी र सर्जी रोबर्टो भने चोटका कारण टोलीसँग छैनन् । क्लेमेन्ट लेङलेटले नै जेरार्ड पिकेसँग टोलीको डिफेन्स सम्हाल्नेछन् । भ्यालेन्सिया पनि मुख्य डिफेन्डर एजेकेल गराएको चोट ठिक हुने अपेक्षामा छ । पूर्व रियल डिफेन्डर फिर भएमा ग्याब्रिएल पाउलिस्टासँग मध्ये डिफेन्समा साझेदारी गर्नेछन् ।

प्रशिक्षक मार्सेलिन्होले गोन्कालो ग्वेडेस र कार्लोस सोलरलाई विन्ग्समा खेलाउनेछन् । आक्रमणमा भने मिसी बासुआइ र केभिन गामेरियोमध्ये एक खेलाडीले रोड्रीगो मोरेनोसँग खेल्नेछन् । लिगअन्तर्गत घरेलु मैदानमा भ्यालेन्सियाले पछिल्ला ३ खेलमा बराबरी खेलेको छ । बार्सिलोना पनि भ्यालेन्सियाविरुद्ध पछिल्ला १३ अवे खेलमा अपराजित रहेको छ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्