तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिंदा ५० जनाको मृत्यु

काठमाडौं २१ असोज, / प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ ।

कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

दुर्घटनामा दर्जनौ मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पतिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठोक्किएको थियो ।

घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालहरुमा पठाइसकिएको गभर्नर मतुबौनाले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्