ए – डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

काठमाडौं /   शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै  दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि २ खेल भएर बंगबन्धु गोल्डकपमा नेपालले भाग लिएको कारण लिग स्थगित भएको थियो । एन्फाले सार्वजनिक गरेको मितिअनुसार अब असोज २४ गते मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, असोज २५ गते भने दुई खेल आयोजना हुनेछ । पहिलो खेलमा फ्रेन्डस् क्लबले थ्रीस्टार क्लबसँग ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, यही दिन दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, असोज २६ गते पनि २ खेल हुदैछन् । दुबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । त्यस्तै, अर्को खेलमा बि्रगेड ब्वाइज क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

 


प्रतिक्रिया दिनुहोस्