प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

विराटनगर   /  प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रस्ताव राख्नुभएको थियो ।

 

यसअघि मन्त्री घिमिरेले खेलकूद स्वास्थ्य प्रवद्र्धन र अनुशासनका लागि भएकाले ४४ वटा दफासहितको यो विधेयकले खेलकूदमा उल्लेखनीय प्रगति हुने विश्वास गर्नुभयो ।  प्रदेशसभामा प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा, बिमल कार्की, बिन्दिया कार्की, सरीता थापा र राजकुमार ओझाले आ–आफ्नो विचार राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्