स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत प्रहरी नियन्त्रणमा

रौतहट, २२ असोज । छुट्टै मधेसको नारा दिंदै राजनीतिक गतिविधि गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत पक्राउ परेका छन् ।


आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ ।

राउतलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ । सिके राउतलाई नियन्त्रणमा लिइएपछि गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै सिकेका कार्यकर्ताको घुइँचो लागेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्