भारतमा इन्धनको मूल्यवृद्धि

नयाँदिल्ली, २३ असोज / भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा।रु ( ८२।०३ ) नेरु।१३१।२५० र डिजेलको मूल्य भा।रु ( ७३।८२ )नेरु ११८।११० पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भा।रु। ८७।५० र डिजेलको मूल्य भा।रु। ७७।३७ तोकिएको छ । सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा।रु। २।५० ले कटौती गर्ने घोषणा गर्नुभएको थियो । उहाँले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो । राससरएएनआई


प्रतिक्रिया दिनुहोस्