क्रिस्टियानो रोनाल्डो विरुद्ध अर्को बलात्कारको आरोप

लन्डन (एजेन्सी )– युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध अर्को वलात्कारको आरोप लागेको छ। इङ्लिस संचार माध्यम द मेलले जनाएको छ। लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन म्योग्राले मुद्दा दर्ता गरेपछि म्योग्राको वकिललाई अर्की एक महिलाले फोन गरेर उनीमाथि पनि रोनाल्डोले जबर्जस्ती गरेको जनाएकी छिन।

“मलाई म्योग्रा जस्तै घटना भोगेको एक युवतीले सम्पर्क गरेकी छिन। हाल म उनको नाम सार्वजनिक गर्दिन तर मैले लास भेगास पुलिसलाई उक्त जानकारी दिनेछु “, द मेलसँग म्योग्राकी वकिल लेस्ली स्टोभलले बताइन्।

जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी थिइन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताएकी हुन् । हाल लास भेगास पुलिसले यो २००९ को घटनामा पुनः जाँच सुरु गरेको छ।रोनाल्डोले भने यो आरोप झुटो रहेको र उनको अस्मितामा आँच पुर्याउन यो कदम चालेको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्