यति एयरलाइन्सको विमानमा स्याल ठोक्कियो

काठमाडौं /  काठमाडौंबाट नेपालगञ्जका लागि उडेको यति एयरको विमान अवतरणको क्रममा स्याल ठोक्किएको छ ।

नाइन एन एएमएम, कल साइनको विमान अवतरणको क्रममा विमानको बाँया भागमा स्याल ठोक्किएपछि विमानमा सामान्य क्षति पुगेको छ ।
नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले धावनमार्गको छेउमै रहेको झाडीका कारण अवतरण गर्ने क्रममा स्याल ठोकिएको जानकारी दिएका छन । विमानमा सवार यात्रुहरु भने सकुशल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्