लिम्बुवान प्रान्तका लागि मंगलबारदेखि प्रदेश नं १ को संसद भवन अगाडि धर्ना

काठमाडौं, २२ असोज / कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विराटनगरस्थित प्रदेश नं १ को संसद भवन अगाडि धर्ना दिने भएको छ । प्रदेश नं १ लाई पुनः संख्याकरण गरी लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउन माग गर्दै भोलि असोज २३ गते देखि धर्ना दिने तयारी गरेको हो ।

अध्यक्ष लिङदेनले हिजो (आइतबार) नै प्रेस विज्ञप्ती निकाल्दै लिम्बुवान प्रान्त स्थापनाका लागि धर्ना दिइने जनाएका छन । ‘प्रदेश नं १ को नामाकरण दसैं तिहारपछि मात्रै गर्ने अवस्था आएको थियो ।

तर पहिचानविरोधी, लिम्बुवानलगायत १० प्लस १ प्रान्तविरोधी, संघीयताविरोधी, षडयन्त्रकारी नक्कली कम्युनिष्टहरुले चाडबाडमा जनता आन्दोलिन हुन सक्दैनन् भन्ने कालो दिमागले योजना गरेर दसैंअघि नै प्रदेश नं १ को नाम सगरमाथा राख्ने छलफल तीव्र बनाएको हुँदा लिम्बुवान, खम्बुवानविरोधीहरुको यस षडयन्त्रलाई निस्तेज पार्न कडा प्रतिकार गर्न आवश्यक भएकोले मञ्चले यही असोज २३ गतेदेखि प्रदेश नं १ को संसद भवनअघि निरन्तर धर्ना दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस्