गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउशी भैलो’ गीत सार्वजनिक

काठमाडौँ, २२ असोज /  नेपाली हिन्दुहरुको पर्व विजया दशमी तथा शुभ दिपावली २०७५ को संघारमै लोकप्रिय गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउशी भैलो’ गीत सार्वजनिक भएको छ ।

आईतवार राजधानीको रातोपुलस्थित रक हाउसमा एक समारोहबीच एल्वम ‘शिरफुल शिरैमा’ को विमोचन गरिएको छ ।
उक्त एल्वमलाई लोकप्रिय गायक राजेश पायल राई, गायक विनोद खम्बु, प्रेम राई, पदम राई, र गायिका मनिता राई लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । प्रेम राईको पहिलो गीति एल्वम ‘शिरफुल शिरैमा’को विमोचन समोरहमा ‘देउशी भैलो’ गीतको भिडियो पनि सार्वजनिक गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै राजेशपायल राईले ‘शिरफुल शिरैमा’ एल्वमले नेपाली गीत संगीतमा नयाँ आयाम थपिएको भन्दै प्रेम राईलाई बधाई तथा शुभकामना दिए । उनले नेपाली गीत संगीत क्षेत्रमा स्वागत रहेको बताउँदै प्रेम राईबाट केहि नयाँ उत्साह थपिने विश्वास ब्यक्त गरे । अमेरिकामा बस्दै आएका प्रेम राईले नेपाली गीत संगीतप्रतीको माया र मेहनतले गीती एल्वम ‘शिरफुल शिरैमा’ निकाल्न सफल भएको बताए । शिरफुल शिरैमा एल्वमभित्र आठ गीतहरु समावेश रहेको छ ।

‘देउशी भैलो’  बोल रहेको गीतको भिडियोमा स्वंयम राजेशपायल राईको अभिनय रहेको छ, भने उमेश राई फुलन्देकी आमा, गायक विनोद खम्बु, अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङलगायतले अभिनय गरेका छन् । राकेश किरातीले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका छन् । प्रेम राईको शब्द रहेको गीतमा गायक तथा संगीतकार विनोद खम्बुले संगीत भरेका छन् । चन्दु थापाले एरेन्ज गरेको गीतको भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका छन् ।

भिडियो‘

http://https://youtu.be/nKmIQ6GszS4


प्रतिक्रिया दिनुहोस्