निर्मला बलात्कार प्रकरणः छानविन प्रतिवेदनमाथि नै उठ्यो प्रश्नै प्रश्न

काठमाडौ‌ असोज २३,/  निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ।


समितिले छानविन होइन, सार्वजनिक सूचनलाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ। छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा। हरिकुमार श्रेष्ठसहित तीनजनाको टोलीले शव पोष्टमार्टम गरेको उल्लेख गरेको छ।

तर पोष्टमार्टम प्रतिवेदनअनुसार पोष्टमार्टममा पाँचजना चिकित्सक संलग्न थिए। राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्त बलात्कार घटनाका शंकास्पद व्यक्ति कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डिएनए परीक्षणको प्रमाण नै अपर्याप्त रहेको ठहर गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा सरोजराज अधिकारीले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्