बालोन डि’ओर मनोनयन सार्वजनिक

पेरिस  /  फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् ।

रियलबाट ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । त्यसपछि इंग्लिस क्लब लिभरपुलबाट सबैभन्दा धेरै ४ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । त्यसपछि बार्सिलोना, एट्लेटिको मड्रिड र पीएसजीबाट समान ३ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । इंग्लिस क्लब चेल्सी, म्यानेचस्टर सिटी, टोटेनहम र इटालियन क्लब युभेन्टसबाट समान दुई मनोनयनमा पर्न सफल हुदा म्यानचेस्टर युनाइटेडबाट एक खेलाडी अन्तिम ३० मा पर्न सफल भएका छन् ।

विश्व फुटबलको प्रतिष्ठित अवार्ड सन् १९५६ देखि बर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिदै आएको छ । २००७ मा ब्राजिली काकाले यो अवार्ड जितेयता लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबचि प्रतिस्पर्धा हुदै आएको छ । यि दुई खेलाडीले पछिल्लो १० वर्षमा समान ५–५ पटक यो अवार्ड जितेका छन् । अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ । यसपटकदेखि महिलाको अवार्ड समेत वितरण गरिदैछ ।

मनोनयनमा परेका खेलाडीहरु:

ग्यारेथ बेल (रियाल म्याड्रिड/वेल्स) करिम बेन्जेमा (रियाल म्याड्रिड/फ्रान्स),थिवाउट कोर्टुवा (रियाल म्याड्रिड/बेल्जियम),इस्को (रियाल म्याड्रिड/स्पेन),सर्जियो रामोस (रियाल म्याड्रिड/स्पेन),मार्सेलो (रियाल म्याड्रिड/ब्राजिल),लुका मोड्रिच (रियाल म्याड्रिड/क्रोएसिया),राफेल भरान (रियाल म्याड्रिड/फ्रान्स),एलिसन बेकर (लिभरपुल/ब्राजिल),रोबर्टाे फिर्मिनो (लिभरपुल/ब्राजिल),साडियो माने (लिभरपुल/सेनेगल),मोहम्मद सलाह (लिभरपुल/इजिप्ट),नेयमार (पीएसजी/ब्राजिल),केलियन एमबाप्पे (पीएसजी/फ्रान्स),एडिन्सन काभानी (पीएसजी/उरुग्वे),लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना),इभान राकिटिक (बार्सिलोना/क्रोएसिया),लुइस स्वारेज (बार्सिलोना/उरुग्वे),डिएगो गोडिन (एट्लेटिको मड्रिड/उरुग्वे),एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स),जान ओब्लाक (एट्लेटिको मड्रिड/स्लोभेनिया),इडेन हाजार्ड (चेल्सी/बेल्जियम),एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स),सर्जियो अगुएरो (म्यानचेस्टर सिटी/अर्जेन्टिना),केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम),क्रिस्टियानो रोनाल्डो (युभन्टस/पोर्चुगल),मारियो म्यान्जुकिच (युभेन्टस/क्रोएसिया),ह्यारी केन (टोटेनहम/इंग्ल्यान्ड),ह्युगो लोरिस (टोटेनहम/फ्रान्स),पल पोग्बा (म्यानचेस्टर युनाइटेड/फ्रान्स) एजेन्सी


प्रतिक्रिया दिनुहोस्