लिम्बु भाषिको सर्वोकृष्ट गायन बिधाबाट जे.पी. र सुनिताको ”मुयेङसा एरेना मिम्जीए“ ले पायो अवार्ड

काठमाडौं, २२ असोज / थाइल्यान्डको बैककमा सम्पन्न नेश्नल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा जे.पी. नेम्वाङ र सुनिता थेगिमको आवाजमा रहेको ”मुयेङसा एरेना मिम्जीए“ लिम्बु भाषिको सर्वोकृष्ट गायन बिधाबाट अवार्ड प्राप्त गर्न सफल भएको छ।

आन्छुमे नसानको शब्द, जे.पी. नेम्वाङको संगीत, मनी ताम्लिङको संगीत सम्योजन रहेको छ,मौसम ईम्बुङ र सुश्मा लिम्बूको अभिनय रहेको उक्त भिडियोमा यूगल पुमोको निर्देशन रहेको छ ।”मुयेङसा एरेना मिम्जीए“ गित बाट सर्वोकृष्ट भाषिक लिम्बू गित गायन बिधाबाट अवार्ड पाईरहन्दा अझ ठूलो जिम्मेवारी महसुस भएको बताउनु भयो ।

गायक जे.पी. नेम्वाङ भन्छन “यस अवसरमा यो गितलाई भोट दिएर अर्को खुर्किला सम्म पुर्याउनु हुने मेरा आम शुभचिन्तक मान्यजन ज्युहरु प्रती धेरै धेरै धन्याबाद ब्याक्त गर्न चाहान्छु”, गायक जे.पी. नेम्वाङ अगाडी भन्छन “यो गरिमामय अवार्ड पाउनुमा सम्पुर्ण श्रोता, दर्शकलाई यसको श्रेय दिन चाहान्छु” उत्त कुरा अरुण पोष्टलाई गायक जे. पी. नेवाङले जानकारी गराउनु भयो ।


प्रतिक्रिया दिनुहोस्