सुहाङ लिम्बुको स्वरमा सजिएको बेरुवा औठी बोलको गीतको रेकर्टिङ सम्पन्न

काठमाडौँ, २२ असोज / पछिल्लो समय अत्याधिक दर्शक श्रोताले रुचाएका गायक तथा संगीतकार सुहाङ लिम्बुको स्वरमा सजिएको बेरुवा औठी बोलको गीतको रेकर्टिङ साथै मिक्सिङ कार्य सकिएको छ ।

सुमधुर आवाजका धनि गायक सुहाङ लिम्बु गीत मात्र गाउदैन्न शब्द संगीत पनि आफै गर्छन । यो गीतमा मिठो शब्द संगीत पनि सुहाङ आफैलै गरेका छन् । यो गीतको एरेन्ज भने रुविन जोवेले गरेका छन । यो गीतमा कुनै एक प्रेमीले मार्मीक तरिकाले आफ्नो प्रेमीकालाई विस्वास दिलाउन खोजेको भाव झल्कन्छ । गीतको सम्पूर्ण कार्य सकीएको छ भने अव म्युजिक भिडियो पनि केहि दीन पछि नै सार्वजनिक हुने गायक लिम्वुले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्