किराँत लिम्बू संस्कारमा हाङ्माया

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असोज । किराँत लिम्बू संस्कार साँस्कृतिक संस्था ताप्लेजुङको प्रथम अधिवेशनले हाङ्माया लिम्बूलाई अध्यक्षमा चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।


कार्यसमिति उपाध्यक्ष द्वयमा सन्तोष चोङ्बाङ र सीताकुमारी लिम्बू, सचिव काजीमान थेबे, सहसचिव सुजित ओख्राबु र कोषाध्यक्षमा विजिता चोङ्बाङ चयन हुनुभएको छ । सोमबार किराँत याक्थुङ् चुम्लुङ ताप्लेजुङका अध्यक्ष प्रेमकुमार सेलिङको उपस्थितिमा अधिवेशन सम्पन्न भएको संस्थाले जानकारी दिएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ ।


प्रतिक्रिया दिनुहोस्