धेरै मौका नपाउदा अर्टुरो भिडाल असन्तुष्टी

बार्सिलोना  / चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्सिलोनाबाट धेरै मौका नपाएको अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । बार्यन म्युखिनबाट नोउ क्याम्प पुगेका  भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन् ।

च्याम्पियन्स लिगमा गत साता टोटेनह्यामलाई बार्सिलोनाले ४–२ ले हराउँदा खेल्न नपाएपछि उनी आक्रोशित बनेका थिए । ३१ वर्षे उनले सामाजिक सञ्जालमा रिसाहा लाग्ने इमोजी पोष्ट गरेका थिए । यद्दपी उनल पछि त्यो इमोजी हटाएका थिए ।

भिडालले भने,  म खुसी छैन । तर प्रशिक्षकसँग कुनै समस्या छैन । कुनै समस्या भए म उनलाई भन्ने छु । यदि म खेल्न पाउँदिन भने खुसी हुन सक्ने कुरै भएन, ‘‘म त्यस्तो खेलाडी हो जो आफ्नो ठाँउका लागि सधै संघर्ष गर्नेछ । त्यसैले क्लबलाई विश्वकै उत्कृष्ट बनाउनेछ ।’

उनले आफु शारीरिक रुपमा पनि ठिक रहेको भिडालले बताएका छन् । ‘पछिल्ला केहि खेलका कारण म केहि दिक्दार पनि भए ,’ उनले थपे,’ आउने दिनमा अझै महत्वपूर्ण खेल आउँदैछन् । मलार्ई कुनै समस्या भए र रिस उठेमा सिधै प्रशिक्षकसँग भन्नेछु ।’

भिडालले बार्सिलोनाबाट ९ खेल खेलिसकेका छन् । बढी जस्तो खेलमा उनी बेन्चबाट सुरु गरिरेहका छन् ।  एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्