स्वचालित पेस्तोलसहित युवक पक्राउ

वीरगञ्ज २४ असोज/ प्रहरीले स्वचालित पेस्तोलसहित पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट स्वचालित पेस्तोल बरामद गरेको हो ।

सुगौलीगाँउदेखि निचुटा तर्फ पैदल हिडिरहेका उनीमाथि शंका लागेपछि शरीर खानतलासी गर्दा मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्यागजिन फेला परेको डिएसपी सत्यनारायण थापाले जानकारी दिएका छन ।

पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्