ताहिर चम्कँदा दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी / जिम्बाब्बेसँगको पहिलो टी–२० क्रिकेटमा साउथ अफ्रिकाले सहज जित निकालेको छ । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे १७।२ ओभरमा अल आउट हुँदै मात्र १ सय २६ रन बनाउन सक्यो । उसका लागि पिटर मुर ४४, ब्रेन्डन टेलर १९, ब्रान्डम मभुता २८, सेन विलियम्सले २१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बाब्बेका ४ जना ब्याटम्यानले खाता सम्म खोल्न नसकि पेभिलिएन फर्किए । जिम्बाब्बेलाई सस्तैमा रोक्न इमरान ताहिरले घातक बलिङ गरे । उनले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै एन्डिल फेहेलुकवेओ र जुनियर डालाले समान दुई विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सकेको थियो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिस ३४, रस्सी भानडेर डुसेन ५६ र डेभिड मिलरले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बाब्बेका काइल जर्विस ३ तथा क्रिस मोफ्फोले २ विकेट लिए । दोस्रो टी–२० खेल अक्टोबर १२ मा हुने छ । यस अघि ३ वान डे को श्रींखलामा साउथ अफ्रिकाले क्लिन स्विप गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्