एक वर्ष पछी ट्राउजर र रातो झोलामा देखिए विप्लव

अरुण पोष्ट संबाददाता

काठमाडौं / झन्डै ढेड वर्ष भन्दा अगाडी देखी मासबेशका सार्वजनिक कार्यक्रम नदेखिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ अहिले मुलुकका सर्वाधिक सोधि खिजिका नेता हुन ।

राष्ट्रको राजनीतिक प्रणाली नफेरिएको र झन पश्चगामी हुन खोजेको भन्दै अहिलेको प्रणाली प्रती असमती जनाउदै बिद्रोही राजनीतिक गतिबिधी गरेको नेपाल कम्युनिस्ट पार्टी र उसको मुल नेतृत्वले हाल कहा के गर्दैछन भन्ने चासो निकै देखिन्छ ।

स्थानिय चुनाव देखि प्रतिनिधि र प्रदेश निर्वाचन बहिष्कार र खारेजी अभियान संचालन गरेको नेकपाले भर्खरै मात्र संगठन सुदृढ तथा बिस्तार अभियान देशका बिकट गाउ बस्तिमा सम्पन्न गरेर समिक्षा गरिरहेको छ । यहि बिचमा नेकपाको जिवनमा केहि अप्रत्याशित घटनाहरु घटेका छन । नेकपाका दोस्रो नेता प्रवक्ता प्रकाण्ड सहित झन्डै दर्जन केन्द्रिय स्तरका नेताहरु गिरफ्तार परे भने सयौं कार्यकर्ताले विभिन्न मुद्दाहरु झेलिरहेका छन् ।

पछिल्लो समयमा नेकपाका महासचिवको बारेमा केहि हल्ला चलाइएको भए पनि उनि गाउबस्ती र जनताको बिचमा रहेको तस्विर सार्वजनिक भएको छ । बिगत एक वर्ष देखी विप्लवको ताजा तस्वीर समेत सार्वजनिक भएको थिएन । तर आज मात्र उनको फोटो नेकपाका कार्यकर्ताको सामाजिक संजालमा सार्वजनिक हुनुलाई अर्थपूर्ण ढङ बाट हेरिएको छ । अर्थात उनि जनता र गाउबस्तीमा नै रहेको प्रमाण शन्देश दिन चाहेको हुन सक्ने अनुमान गरिएको छ ।

सेतो टोपी र ट्राउजर सहित देखिएका उनले दुइ वटा झोला बोक्दै लठ्ठी टेकेर उकाली चढ्दै गरेको देखिन्छ । उनको पछाडी रहेका ब्यक्तिले बोकेको बन्दोबस्तीका सामाग्रीले उनि बिकट गाउहरुमा रहेको अनुमान गर्न सकिन्छ । यद्यपि तस्वीर कुन स्थान र कुन मितिमा लिएको भन्ने कुरा खुलाइएको छैन् ।


प्रतिक्रिया दिनुहोस्