ए – डिभिजन लिगमा आज जावलाखेल युथ र नेपाल पुलिस भिड्दै

काठमाडौं, / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्  । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो यो खेल दिउँसो  ३ बजेदेखि सुरु हुँदैछ ।

लिगका लागि नेपाल पुलिस क्लबले लामो समयदेखि तयारी गरिरहेको छ । पुलिसमा राष्ट्रिय टोली र उमेर समूहमा अन्तर्राष्ट्रिय सहभागिता जनाएका खेलाडीको बाहुल्यता छ । यसबाहेक ए डिभिजन खेलिसकेका खेलाडी पनि टोलीमा छन् । यता जावलाखेलले भने केहि युवा खेलाडी समेटेर टोली तयार पारेको छ । कागजी रुपमा हेर्दा पुलिसको टोली बलियो देखिन्छ । दिनेश राजवंशी, तेज तामाङ, सुमन लामा, अभिषेक रिजाल, अर्पण कार्की जस्ता नाम चलेका युवा खेलाडीले पुलिसलाई मजबुती प्रदान गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्