युनाइटेडले बार्सिलोनाका स्टार अल्बालाई भित्र्याउँदै

असोज २५ / इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस बार्सिलोनाका खेलाडी भित्र्याउन प्रयास गर्ने भएको छ । टोलीका प्रशिक्षक जोसे मोउरिन्होको चाहनामा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको युनाइटेडले बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बालाई ओल्ड ट्राफोर्ड उतार्न चाहेको खबर स्पेनिस मिडियाले छापेका छन् ।

उनै २९ वर्षीय अल्बा बार्सिलोनाको हालको सेटमा पहिलो रोजाइका डिफेन्डर हुन् । उनी रक्षापंक्तिमा टोलीका एक मुख्य हतियार हुन् ।अल्बालाई युनाइेटडले आगामी जनवरी विन्डोमा भित्र्याउन चाहेको हो । युनाइटेडले स्पेनिस खेलाडीका लागि आकर्षक अफर गर्ने तयारी गरेको ‘मुन्डो डेपोर्टिभो’ ले जनाएको छ ।

युनाइटेडले आफ्नो रक्षापंक्तिलाई थप बजबुत बनाउन अल्बालाई मुख्य हतियार बनाउन चाहेको देखिन्छ । तर, केही समयअघि अल्बाले भने आफूले बार्सिलोनाबाटै खेल जीवन अन्त्य गर्ने बताएका थिए । उनले आफू बार्सिलोनामा खुसी रहेको भनाइ राखेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्