सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत   थ्री स्टारसँग फ्रेन्ड्स क्लब पराजित

काठमाडौं  /  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज  थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा १७ औं मिनेटमा रन्जन विष्ट र ५७ अौं मिनेटमा  बुद्ध चेम्जोङले गोल गरे ।

खेलको चौथो मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए । लगत्तै पाँचौ मिनेटमा सुनील बलको फ्रिकिकमा रञ्‍जित धिमालको प्रहारले पोस्टको दिशा लिन सकेन ।  रन्जनले फ्रेन्ड्सको हाफको मध्येभागबाट डिफेन्सलाई बिट गर्दै लागेको बल पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए । ३७ औं मिनेटमा अजायी मार्टिन्सले पनि टाइट एंगलमा पाएको अवसर गोलको दिशामा पठाउन सकेनन् । ४२ औं मिनेटमा रन्जन विष्टलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्‍जितको प्रहार बाहिरियो । पहिलो हाफमा थ्री स्टार १-० ले अगाडी रह्यो ।

दोस्रो हाफमा  बुद्ध चेम्जोङले ५७ अौं मिनेटमा निराजन खड्काको पासमा गोल गर्न सकेनन् ।  ६९ अौें मिनेटमा बुद्ध फेरी गोल गर्नबाट चुके । पेनाल्टी क्षेत्रभित्रबाट सुनील बलको क्रसमा बुद्धको लो हेडर पोस्टभन्दा थोरै बाहिरियो । बुद्धले ८३ अौं मिनेटमा अन्ततः गोल गरे । फ्रेन्डसको मिसपासलाई कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको उनको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रेन्डसका वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काए ।


प्रतिक्रिया दिनुहोस्