अन्तर्राष्ट्रिय खेलमा आज युरोपियन टोली वेल्स र स्पेन भिड्दै

काठमाडौं  /  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज  दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् ।

 

सन् २०१६ को युरोकप खेलेको तथा रसिया विश्वकपमा छानिन नसकेको वेल्स रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलको टोली हो । उसले आज पूर्वविश्वविजेता स्पेनसँग भिड्दैछ । स्पेन रसिया विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको टोली हो । आजको खेलमा वेल्सका स्टार बेल चोटका काण हुनेछैनन् । अन्य खेलाडी टोलीमा हुँदा स्पेनिस टोलीमा पहिलो रोजाइका खेलाडी हुनेछन् । खेल नेपाली समयअनुसार आज राति १२ः३० बजेबाट सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा रसिया विश्वकपको विजेता टोली फ्रान्सले आइसल्यान्डको सामना गर्दैछ । फुटबलमा उदाउँदै गरेको आइसल्यान्ड रसिया विश्वकपमा भने अन्तिम ३२ बाटै बाहिरिएको थियो । यो खेल पनि आज राति १२ः३० बजेबाटै सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्