इटहरीमा किशोरीमाथि बलात्कार, आरोपी समातिए

सुनसरी, /  १४ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाका एक व्यक्तिलाई प्रहरीले समातेको छ । यहाँको गढी गाँउपालिका–८, छिटाहाका प्रमोद चौधरी बलात्कार आोपमा समातिएका हुन् ।

पक्राउ परेका चौधरीमाथि गत आइतबार इटहरी–९, बसपार्कस्थित गोधुली होटलमा १४ वर्षीया किशोरीलाई कोठामा थुनेर बलात्कार गरेको आरोप लागेको छ । उनलाई प्रहरीले पक्रेर अदालतबाट म्याद थपी अनुसन्धान अघि बढाएको छ ।

घटनापछि पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले किशोरीलाई प्रलोभनमा पारेर युवकले होटलसम्म लगेर बलात्कार गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्