रोनाल्डोमाथि लागेको बलात्कारको आरोप आधारहीन

मिलान  / पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् ।

३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकले समाचार छापेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्