एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाए

गुइनग्याम्प  /  युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई  खेलको ९०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् ।

मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा आइसल्यान्ड जित नजिक पुगेर पनि अन्तिमा समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो । आइसल्यान्डका विरकिर विजरनासन र कारी आर्नासनले गोल गरे । फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो । आइसल्यान्डका होलमारले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा विरकिरको गोलबाट आइसल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

५८औं मिनेटमा कारीले गोल गरेपछि आइसल्यान्डले विश्वविजेताविरुद्ध २–० को अग्रता बनाएको थियो । २–० ले पछि परेपछि फ्रान्सले खेलमा दवाव सिर्जना गरेको थियो । ८६औं मिनेटमा होलमारले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो । ९०औं मिनेटमा स्टार एमबाप्पेले गोल गरेपछि फ्रान्सलाई सम्भावित हारबाट जोगाए ।


प्रतिक्रिया दिनुहोस्