नेकपा ताप्लेजुङद्वारा शुभकामना आदानप्रदान

प्रयास लिम्बू

ताप्लेजुङ, २७  असोज / बडादसैं, शुभ–दीपावली तथा छठको पावन अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले शनिबार सदरमुकाम फुङ्लिङमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य त्रय टंक आङ्बुहाङ, तिलकुमार मेन्याङ्बो र पासाङ शेर्पाको बिशेष आथित्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य र बिभिन्न स्थानीय तहका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । आङ्बुहाङ १ नम्बर प्रदेशसभा सदस्य समेत हुनुहुन्छ भने मेन्याङ्बो पूर्वसांसद र शेर्पा पहिलो संबिधानसभामा सभाषद् रहनुभएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य त्रय आङ्बुहाङ, मेन्याङ्बो र शेर्पासहित प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, नेकपाका जिल्ला नेता खेलप्रसाद बुढाक्षेत्री (पराग) र लक्ष्मीप्रसाद अन्छङ्बो, काँग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेन, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापा, सशस्त्र प्रहरी बल १ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणि ढकाल, नेकपासहित बिभिन्न राजनीतिक दलका अगुवा कार्यकर्ता, नेकपाका बिभिन्न भातृ संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी समेतको सहभागिता रहेको थियो ।

नेकपाका नेता मातृकाप्रसाद भट्टराईको अध्यक्षतामा तथा नेकपाका अर्का नेता बिजयी किराँतीको सञ्चालनमा भएको कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरुले नेपालीहरुका पर्वलाई एकता र सद्भावको पर्व बनाउनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै उहाँहरुले चाडपर्वलाई भड्किलो नभई कम खर्चमा मनाउनुपर्ने धारणा राखेको थिए । कार्यक्रम अध्यक्ष भट्टराई पूर्व एमालेका जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो भने किराँती पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक रहनुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्