मलेसियाका पुर्वउपप्रधानमन्त्री अन्वार विजयी

पोर्ट सिडक्सन, मलेसिया / पुर्ववर्ती सरकारको पालामा जेल सजाय भोगेका मलेसियालीका पुर्वउपप्रधामन्त्री अन्वर इब्राहिम फेरी मुलधारको राजनीतिमा फर्किनु भएको छ । उहाँ शनिबार भएको निर्वाचनमा विजयी हुदै मुलधारको राजनीतिमा फर्किनु भएको समाचारमा जनाइएको छ । यो सँगै उहाँले राजनीतिक पुनर्जीवन पाउनुभएको छ ।

उहाँलाई मुलधारको राजनीतिमा फर्काउन शनिबार उपनिर्वाचन भएको थियो । शनिबारको निर्वाचनमा उहाँले झण्डै ७० प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन जितेपछि उहाँले अर्को वर्ष प्रधानमन्त्री बन्ने यसअघि नै सहमति भएको थियो । यसअघि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मद र अन्वरको पार्टीले गठबन्धन गरेर शुरुमा महाथिर प्रधानमन्त्री बन्ने र त्यसपछि अन्वरलाई नेतृत्व दिने सहमति भएको बताइएको थियो ।

राजनीतिबाट विश्रम लिनु भएका ९३ वर्षीय महाथिरले मुलुक गलत बाटोमा गएको भन्दै त्यसलाई सही मार्गमा ल्याउन आफूहरुले गठबन्धन गरेर फेरि राजनीतिमा फर्किनु परेको बताउनुभएको थियो । अन्वरलाई पूर्ववर्ती सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै काराबासको सजाय दिएको थियो । महाथिरको सरकार बनेपछि उहाँलाई रिहा गरिएको थियो ।

अहिले भने अन्वरलाई जेल हाल्ने उनै निवर्तमान प्रधानमन्त्री नाजिब रजाकलाई भ्रष्टाचारको अभियोग लागेको छ । भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायमार्फत् अनुसन्धान भइरहेको छ । भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ७१ वर्षीय अन्वारका सामु मुलुकलाई सुशासन र स्थिरता दिनेलगायतका चुनौतीहरु रहेको समाचारमा जनाइएको छ । उहाँलाई आफूहरुले मलेसियाको भावी प्रधानमन्त्रीका रुपमा हेरेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताहरुले आफूहरुले भावी प्रधानमन्त्रीलाई मतदान गरेको बताएका थिए । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्