ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने – रामोस

म्याड्रिड /  स्पेनिस रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने बत्एका छन् ।

केहि सिजनयता रियल म्याड्रिडले पछ्याईरहेको केनले भने टोटेनहम छाडेर कतै नजाने प्रष्ट पार्दै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि क्लबमा गोलको खडेरी नै परेको छ । रियलले पछिल्ला ४ खेलमा गोल नै गर्न सकेको छैन । यस्तो अवस्थामा केनको आगमन हुँदा रियललाई निकै फाइदा पुग्छ ।

यूईएफए नेसन्स लिग अन्तर्गत सोमबार स्पेन र इंग्ल्यान्ड भिड्दै छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा स्पेनका कप्तान रामोसले विपक्षी कप्तानको प्रदर्शन र फर्मको प्रशंसा गरेका हुन् । रामोसले भने ;; केन एक शारीरिक रुपमा निपुण फरवार्डको ज्वलन्त उदाहरण हुन् । उनले आफ्नो शारीरिक बनावट र फुटबल स्किललाई उचित ढंगले प्रयोग गरेका छन् ।

उनले धेरै डिफेन्डरलाई छक्याएपनि मलाई भने त्यसो गर्ने छैनन्,’ रुसमा भएको विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट नै जितेका केनले राष्ट्रिय टोलीका लागि भने त्यसयता ६ खेलमा गोल गरेका छैनन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्