रियलले नेइमार र एमबाप्पेमध्ये एक अनुबन्ध गर्न सके, मोड्रिक मिलान जाने

मड्रिड / आगामी जनवरीमा इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक, यस वर्षको फिफा वर्षे खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका मोड्रिक भित्र्याउन चासो दिएको छ ।

पछिल्लोपटक मोड्रिकले पनि रियल छाड्न चाहेको रिपोर्ट सार्वजनिक भइरहेका बेला रियलले एक अवस्थमा मोड्रिकलाई बिदा गर्ने बुझिएको छ ।  रियलले गत सिजनबाटै ब्राजिलका नेइमार र फ्रान्सका केलियन एमबाप्पे भित्र्याउन चासो दिँदै आएको छ । आगामी जनवरी वा समर सिजनमा रियलले नेइमार र एमबाप्पेमध्ये एक खेलाडी अनुबन्ध गर्न सकेको खण्डमा उसले मोड्रिकलाई महँगो मूल्यमा बेच्ने तयारी गरेको छ ।

यो खबर स्पेन र इंग्लिस पत्रिकाले छापेका छन् । रियल पछिल्लो समय लगातार खराब अवस्थाबाट गुज्रिएपछि मोड्रिकले पनि रियल छाड्ने सम्भावना बढेको बताइन्छ । यदि उनले रियल छाडे उनको पहिलो गन्तव्य इटालीको मइन्टर मिलान नै हुनेछ ।

मोड्रिक मिलानबाट आफ्नो राष्ट्रिय टोलीका केही खेलाडी पनि खेल्ने भएकाले उनी त्यहाँ जाने सम्भावना बढी छ । त्यसमा पनि मिलानले मोड्रिक भित्र्याउन विशेष चासो देखाउँदै आएको छ ।  मोड्रिकलाई यस वर्षको बालोन डि‘ओर अवार्डका लागि पनि मुख्य दाबेदार मानिएको छ । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्