टेर स्टेगनले जर्मनीको पोस्ट सम्हाल्नुपर्छ

म्युनिख  /  बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने जर्मनीका पहिलो रोजाइका गोलरक्षक अब त्यो गोलरक्षक परिवर्तन हुनुपर्ने बताएका छन् ।

नोएर चोटका कारण लामो समय मैदानबाहिर रहे पनि त्यसका बाबजुद पनि जर्मनीको विश्वकप यात्रामा उनलाई पहिलो रोजाइका गोलरक्षकको भूमिका दिईयो । यता बार्सिलोनाका लागि नियमित पहिलो रोजाइमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक मार्क आन्देर टेर स्टेगन भने राष्ट्रिय टोलीका लागि बिरलै खेल्ने गरेका छन् । पूर्वकप्तान मथाउसले अब स्टेगनले नै मुख्य गोलरक्षकको भूमिका निर्वाह गर्नुपर्ने

माग गरेका छन् । नोएरले चोट बाट फर्केयता राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

शनिबार भएको यूईएफए नेसन्स लिगको खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ३-० ले पराजित हुँदा नोएरले खराब प्रदर्शन गरे । यसैकारण पनि अब स्टेगनलाई मौका दिनुपर्ने भनाइ अगाडी आएको हो । नोएरको खराब लय र स्टेगनको प्रभावशाली प्रदर्शन र युवा भएकाले जर्मनीबाट अब स्टेगनले खेल्नुपर्ने धारणा मथाउसले राखेका छन् ।

‘ ४ पटक उत्कृष्ट गोलरक्षक घोषित उनले आफ्नो स्तर अनुसार खेल्न सकेका छैनन् । स्टेगनले बार्सिलोनामा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । अब नोएर उपलब्ध हुँदा पनि स्टेगनले मौका पाउनुपर्छ ।’जर्मनीले अब यूईएफए नेसन्स लिगको खेलमा मंगलबार फ्रान्ससँग खेल्दैछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्