जनमुक्ति पार्टीको न्युर्योकमा संगठन बिस्तार, अध्यक्षमा अग्नि साम्पाङ चयन

अमेरिका, २९ असोज / राष्ट्रिय जनमुक्ति पार्टीले न्युयोर्कमा आफ्नो संगठन बिस्तार गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय अध्यक्ष के.पि. पालुङवाको प्रमुख आतिथ्य र अग्नि साम्पाङ राईको अध्यक्षतामा आज न्युयोर्कको वुडसाइडमा २१ सदस्यीय समिती गठन भएको हो ।

                                    तस्विर : सामाजिक सञ्जालबाट

देशमा भईरहेको विद्यमान सबै किसिमको भेदभाव, शोषण र उत्पीडनलाई समाप्त गरी राजनीतिक क्षेत्रमा विविध जातिहरुको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार प्राप्तिको निम्ति बैकल्पिक शक्ति निर्माणमा जुटिरहेको पार्टी अध्यक्ष पालुङवा असोज १३ गते हङकङ हुदैँ अमेरिका प्रस्थान गर्नु भएको थियो ।

जनमुक्ति बिचार धाराबाट प्रशिक्षित जुझारु पार्टीका अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । लामो समय देखी अमेरिका बस्दै आउनु भएकी समाज सेवी तथा महिला अधिकारकर्मी संगिनी राना मगर अमेरिका इन्चार्ज जस्तो गरिमामय पदमा चयन् हुनु भएको छ । त्यसै गरि अध्यक्षमा अग्नि साम्पाङ राई, बरिष्ट उपाध्यक्ष खुम राना मगर , उपाध्यक्ष  भिम पुन, महासचिव मिगीन मगर, सचिव सरोज थाङदेन, कोषाध्यक्ष वारक पालुङवा चयन भएका छन् भने सदस्यमा छवि पालुङवा, ट्रिम्यान लिम्वु, सुमन थाम्सुहाङ, विकास थापा मगर, प्रणय सुब्बा, बरुण राई , रोसन थापा, सुकु राई , रमेश सुनुवार, इन्दीरा लिम्बु, पुष्पलता लिम्बु, शसीकला थेवे, इन्दीरा घर्तिमगर, कुसुम भट्टचन चयन भएका छन् ।  सल्लाहकारमा तेजकुमार तुम्वाहाम्फे लिम्बुलाई मनोनित गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्