यी हुन् विश्वकै लामो नङ भएका ८२ वर्षीय श्रीधर, हेर्नुहोस तस्विरहरू

एजेन्सी / विश्वकै लामो नङ भएका व्यक्तिको रेकर्ड बनाएका श्रीधर चिल्लालले ६६ वर्षपछि काटेका छन् । आफ्ना औंलामा नङ पालिरहेका एक व्यक्तिले अन्ततः नङ काटेका हुन् । भारतका ८२ वर्षीय श्रीधर चिल्लालले ८२ वर्षको उमेरमा नङ काटेका हुन् । उनले १९५२ देखि नङ पाल्दै आएका थिए ।

सन् २०१४ को नोभेम्बरमा उनले सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यसबेला उनका नङको लम्बाई ९०९।६ सेन्टिमिटर थियो । यद्यपि, दैनिक जीवनका काम गर्न सकियोस् भनेर उनले केवल बायाँ हातमा मात्र नङ पाल्दै आएको थिए र दायाँ हातका नङ भने काट्दै आएका थिए । अहिले चाहिँ उनले आफ्ना बायाँ हातका कीर्तिमानी नङ पनि काटेका छन् ।

उनका नङ अमेरिकाको न्युयोर्कस्थित रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ । यति लामो समयसम्म नङ नकाटेका कारण उनको बायाँ हातमा भारी वजनका कारण समस्या उत्पन्न भएको थियो । भारतको महाराष्ट्रस्थित पूणेका बासिन्दा श्रीधर आफ्नो बायाँ हातका नङसमेत काटेपछि सामान्य जीवनमा फर्किएका छन् तर हात उठाउन र चलाउन भने गाह्रो हुने गरेको छ । ६६ वर्षसम्म पालिरहँदा उनका नङ यति कडा भएछन् कि त्यसलाई काट्नका लागि फलाम काट्ने मेसिनकै प्रयोग गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्