अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले जित्यो उपाधि

आश्विन ३१, / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले गरेको गोल नै निर्णायक सावित भएको थियो । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेयमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन ।

अर्जेन्टिनाले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन र एन्जल डे मारियालाई पनि विश्राम दिएको थियो । यसका बाबजुद रक्षात्मक रुपमा युवा टोलीले राम्रो प्रदर्शन गर्यो । अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो ।   एजेन्सी


प्रतिक्रिया दिनुहोस्