जर्मनीमाथि फ्रान्सको जित, जर्मनी रेलिगेसनमा

काठमाडौं  /  सन् २०१४ को विश्वविजेता जर्मनी लगातार खराब नतिजको सिकार भएको छ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गत राति भएको खेलमा उसलाई रसिया विश्वकपको विजेता फ्रान्सले हरायो ।

एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । १४ औं मिनेटमा टोनी क्रुजको पेनाल्टी गोलमा जर्मनीले अग्रता लिएको थियो । दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ६२ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरे भने ८० औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित दिलाएका छन् ।

यो जितपछि ३ खेलबाट ७ अंक जोडेको फ्रान्स अर्को चरण प्ले अफ्मा प्रवेश गरेको छ । सँगै, ३ अंक भएको नेदरल्यान्डस् भने अर्को चरण पुगेको छ । तर, १ अंक मात्रै भएको जर्मनी भने रेलिगेसनमा परेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्