लागुऔषधसहित पक्राउ

इनरुवा / सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट आज लागुऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट एभिल १५ एम्पुल, डाइजेल्याप १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्