सेभिल्लालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा , मेस्सी घाइते

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यससँगै पछिल्ला ४ खेलमा जितविहीन बनेको बार्सिलोना जितको बाटोमा पनि फर्किन सफल भएको छ । आफ्नो घरमा भएको खेलमा बार्सिलोनाका लागि खेल सुरु भएको दोस्रो मिनेटमै कोउटिन्होले गोल गरेर अग्रता दिलाएका थिए ।

लगत्तै १२औं मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गरे । त्यसपछि खेलको ६३औं मिनेटमा पेनाल्टीबाट लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना ३–० ले अगाडि रह्यो । ८८औं मिनेटमा इभान राकिकिटले चौथो गोल गरे ।

त्यसअघि ७९औं मिनेटमा बार्सिलोनाका क्लेमेट लेङलेटले आत्मघाती गोल गरेपछि सेभिल्लाले १ गोल उपहार पाएको थियो । त्यसैगरी, ९१औं मिनेटमा लुइस मुरेलले सेभिल्लाका लागि दोस्रो गोल गरे पनि अन्ततः खेलमा बार्सिलोनाले ४–२ को जित निकाल्यो ।

सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेसी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो ।मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् । मेसी बल खोस्ने क्रममा लडेपछि ज्यानको पुरा बल हातमा राख्दै लडेका थिए ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन् । रियल म्याड्रिड १४ अंकसहित पाँचौ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्