लेस्टर सिटीविरुद्ध आर्सनलको सहज जित

काठमाडौं  /  इंग्लिस प्रिमियर लिग पुटबलमा पछिल्ला खेलबाट उच्च लयमा फर्किएको आर्सनलले  आफ्नो घरेलु मैदानमा  लेस्टर सिटीविरुद्ध ३–१ को जित निकालेको हो ।

खेलको ४५औं मिनेटमा ओजिलले पहिलो गोल गर्दा ६३औं मिनेटमा आउबामेयाङले टोलीका लागि दोस्रो गोल गरे । खेलको ६६औं मिनेटमा अउबामेयाङले नै व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि खेलको ३१औं मिनेटमा आर्सनलका हेक्टर बेलरिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

६६औं मिनेटपछि खेलमा कुनै गोल नभएपछि खेल आर्सनलले ३–१ ले जित्यो । यो जितपछि आर्सनले ९ खेलबाट २१ अंक जोड्दै लिगको चौथो स्थानमा चढेको छ । उसले टोटनह्यामलाई गोलअन्तरमा पछि पार्दै अंक तालिकामा सुधार गरेको हो ।   तेस्रो स्थानमा चेल्सी समान २१ अंकसहित रहँदा २३/२३ अंक लिएर लिभरपुल दोस्रो तथा म्यानचेस्टर सिटी पहिलो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्