च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, आज हुने खेल तालिका, नेपाली समय

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज तेस्रो चरणमा जम्मा ८ खेल हुँदैछन् ।

आज सबैभन्दा बढी अकर्षणको केन्द्रमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसको खेल रहनेछ । आज हुने अर्को खेलमा यसअघि रसियन क्लब सिएसकेए मोस्कोसँग पराजित भएको रियल मड्रिडले पनि आफ्नो खेल खेल्दैछ । त्यसैगरी, म्यानचेस्टर सिटीको खेल पनि आजै हुनेछ ।

यी हुन् आज हुने खेल , नेपाली समय :

-एइकेविरुद्ध बार्यन म्युनिख (१०ः४० बजेदेखि)

-योङ ब्वाइजविरुद्ध भ्यालेन्सिया (१०ः४० बजेदेखि)
-अजाक्सविरुद्ध बेनफिका (१२ः४५ बजेदेखि)
-रियल मड्रिडविरुद्ध प्लेजन (१२ः४५ बजेदेखि)
-म्यानचेस्टर युनाइटेडविरुद्ध युभेन्टस (१२ः४५ बजेदेखि)
-होफेनहेइमविरुद्ध लिओन (१२ः४५ बजेदेखि)
-रोमाविरुद्ध सिएसकेए मोस्को (१२ः४५ बजेदेखि)
-शाख्तर डोनेस्टकविरुद्ध म्यानचेस्टर सिटी (१२ः४५ बजेदेखि)


प्रतिक्रिया दिनुहोस्